Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

महोत्तरीमा महन्थ ठाकुरको विरासत संकटमा

महोत्तरीमा महन्थ ठाकुरको विरासत संकटमा

  • 323
    SHARES
  • महोत्तरीमा महन्थ ठाकुरको विरासत संकटमा

    महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरको विरासत संकटमा परेको छ । स्वतन्त्र उम्मेदवार रामआधार कापरले निरन्तर अग्रता लिँदै ठाकुरलाई पछाडि पारेपछि ठाकुरका बारे विभिन्न अडकलबाजी सुरु हुन थालेको छ ।

    देशैभरिको मतगणनाको अवस्था हेर्दा चर्चित नेताभन्दा स्थानीय जनमानसमा भिजेको नेतालाई जनताले रूचाएको देखिएको छ । यसअघिको निर्वाचनमा समेत यसै क्षेत्रबाट निर्वाचित भएका ठाकुरले जनतामा खासै प्रभाव छाड्न सकेनन् ।

    काठमाडौं केन्द्रित हुने र गाउँलाई नजाने चरित्रका कारण जनताले यसपालि सजाय नै दिने हुन् कि भन्ने पनि प्रशस्त अडकलबाजी छन् । लोसपाको बलियो सांगठानिक संरचना रहेका ठाउँहरूमा समेत ठाकुर पछाडि परेपछि कतिपय स्थानीयले पराजयको संकेत हुनसक्ने बताएका छन् ।

    जिल्लामा अहिले तीनजना हेभिवेट नेता चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्रनम्बर-१ मा पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, क्षेत्रनम्बर-२ मा सरदसिंह भण्डारी र क्षेत्रनम्बर-३ मा महन्थ ठाकुर छन् ।

    तीनै जना नेताको राष्ट्रिय राजनीतिमा गर्विलो विरासत छ । उप-प्रधानमन्त्री समेत भैइसकेका महन्थ ठाकुर हुन् वा दर्जनभन्दा बढी पटक मन्त्री बनेका सरदसिंह भण्डारी हुन् वा दुईपटक शिक्षा मन्त्री बनिसकेका गिरिराजमणि पोखरेल हुन् ।

    उनीहरूले राष्ट्रिय राजनीतिमा राम्रो छाप छाड्न सफल छन् । प्रम्भिक मतगणनामा यी नेतहरूमध्ये दुईजना महन्थ ठाकुर र गिरिराजमणि पोखरेल सकसमा छन् भन्ने प्रमाणित भएको छ ।

    पोखरेलभन्दा पनि महन्थ ठाकुरको विषयलाई महत्त्वपूर्ण ढंगले हेरिएको छ । क्षेत्रनम्बर-१ मा (ख)बाट मतगणना गरिएको हुनाले लक्ष्मी महतोले अग्रता लिनुलाई माओवादी केन्द्रका नेताले पनि स्वभाविक ठानेका छन् ।

    राम्रो प्रभाव भएको उक्त क्षेत्रमा अझ आंकलनभन्दा कम मत आएको हुनाले पोखरेललाई फाइदा नै पुगेको स्थानीयहरू बताउँछन् । यता भण्डारीले भने पारम्भिक चरणमा अग्रता लिएको र अन्य क्षेत्रमा समेत मतदाताहरूको नजरमा राम्रो उम्मेदवारको रूपमा पर्ने भएकाले भण्डारीको जित सुनिश्चित भएको नेताहरू बताउँछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij