वेबटिभी खबर
ओखलढुंगा । ओलखढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् । नेकपा एमालेका यज्ञराज सुनुवारलाई करिब ७ हजार मतान्तरलेपछि पार्दै खतिवडाले चुनाव जितेका हुन् ।
खतिवडा ३३ हजार ५५६ मत प्राप्त गर्दा एमालेका सुनुवारले २६ हजार ७३८ मत पाएका थिए ।
त्यस्तै प्रतिनिधिसभा सदस्यका अर्का प्रतिस्पर्धी जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८९७ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकी शोभा कार्कीले ७१४ मत प्राप्त गरेकी छिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij