Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कञ्चनपुर-१ (ख)मा कांग्रेसका विष्ट विजयी

कञ्चनपुर-१ (ख)मा कांग्रेसका विष्ट विजयी

  • 285
    SHARES
  • कञ्चनपुर-१ (ख)मा कांग्रेसका विष्ट विजयी

    कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्रनम्बर-१ प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट विजयी भएका छन् ।

    निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार विष्टले ९१७ मतान्तरले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पल्लबराज भट्टलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ८ हजार ५२० मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका भट्टले ७ हजार ६०३ मत प्राप्त गरेका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार टेकबहादुर साउदले ५ हजार ७१३ मत प्राप्त गरेका छन् ।

    नागरिक उन्मुक्ति पार्टीका काली चौधरीले ५ हजार ५०२ मत प्राप्त गरेकी छिन् । जम्मा ४९ हजार ४५८ मतदाता रहेको यो क्षेत्रमा ३१ हजार ६४२ मत खसेको थियो ।

    जसमा १ हजार ५०० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij