वेबटिभी खबर
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पाँच जलविद्युत् कम्पनीलाई प्राथमिक शेयर (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले बिहीबार ती कम्पनीहरूलाई शेयर निष्काशनका लागि स्वीकृति दिएको हो ।
ती कम्पनीहरूले ३ अर्ब ९८ करोड रूपैयाँ मूल्य बराबरका ३ करोड ९८ लाख कित्ता शेयर निष्काशन गर्न पाउने छन् । बोर्डले एसिएन हाइड्रोपावर लिमिटेडले ३४.७१ प्रतिशत आइपीओ जारीको स्वीकृति पाएको छ । कम्पनीले ३४ करोड बराबरको ३४ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो ।
यस्तै बोर्डबाट सुपरमाई हाइड्रोपावरले ५० करोड बराबरको ५० लाख कित्ता, सुपर मादी हाइड्रोपावरले २ अर्ब १० करोड बराबरको २ करोड १० लाख कित्ता आइपीओ जारी गर्न स्वीकृति पाएका छन् ।
यस्तै माया खोला हाइड्रोपावर कम्पनीले १ अर्ब बराबरको १ करोड कित्ता प्राथमिक शेयर निष्कासनको अनुमति पाएका छन् । शुभम पावर लिमिटेडले पनि ४ करोड बराबरको ४ लाख कित्ता आइपीओ जारी गर्न बोर्डले अनुमति दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij