Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

देउवा–प्रचण्ड भेटवार्ता, वर्तमान गठबन्धनकै सरकार बन्ने

देउवा–प्रचण्ड भेटवार्ता, वर्तमान गठबन्धनकै सरकार बन्ने

  • 562
    SHARES
  • देउवा–प्रचण्ड भेटवार्ता, वर्तमान गठबन्धनकै सरकार बन्ने

    काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार भेटवार्ता भएको छ । उक्त भेटमा वर्तमान गठबन्धनकै सरकार बन्ने समझदारी बनेको हो ।

    प्रचण्ड शनिबार बिहान १० बजे प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारस्थित सरकारी निवासमा पुगेका थिए । भेटमा चुनावको परिणामको समीक्षा गर्दै दुई शीर्ष नेताबीच वर्तमान गठबन्धनलाई निरन्तरता दिने समझदारी बनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

    उनले भने,‘चुनावको समग्र विषयहरूको समीक्षा भयो । त्यसमा जारी मतगणनाको आइरहेको परिणाम र सम्भावित अवस्थाका विषयमा समेत छलफल भयो । दुई शीर्ष नेताहरूबीच वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने समझदारी भएको छ ।’

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रममा अहिले कांग्रेस नेतृत्वको गठबन्धन साधारण बहुमतको नजिक देखिन्छ । सो गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij