Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

‘कंक्रिटको कमलपोखरी चाहिँदैन’ भन्दै काठमाडौं महानगर कार्यालय अगाडि धर्ना

‘कंक्रिटको कमलपोखरी चाहिँदैन’ भन्दै काठमाडौं महानगर कार्यालय अगाडि धर्ना

  • फाल्गुण १६, २०७७ आइतवार १३:१९ बजे
  • 1.2K
    SHARES
  • ‘कंक्रिटको कमलपोखरी चाहिँदैन’ भन्दै काठमाडौं महानगर कार्यालय अगाडि धर्ना

    काठमाडौं । स्थानीयबासी तथा सम्पदा बचाउ अभियन्ताहरूले सुन्धारास्थित काठमाडौं महानगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् ।

    महानगरपालिकाले कमलपोखरी पुनर्निर्माणका नाममा पुरानो संरचना हटाएर कंक्रिटको संरचना प्रयोग गरेपछि स्थानीयबासी तथा सम्पदा संरक्षकहरू महमानगरप्रति रुष्ट बनेका छन् । 

    शनिबार कमलपोखरी पुगेर त्यहाँ लगाइएको कंक्रिटको संरचना पनि सम्पदा बचाउ अभियन्ताहरूले भत्काएका थिए ।

    कंक्रिटको संरचना निर्माण गरेर त्यहाँ सिमेन्टको कमल फूल राख्ने महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको योजना बाहिरिएपछि स्थानीयबासी तथा सम्पदा बचाउ अभियन्ताहरू थप असन्तुष्ट बनेका हुन् ।

    ‘कमलपोखरीमा अहिले बनेको डिजाइनअनुसार नै संरचना बनाउन मेयर सा’ब लाग्नु भएको छ । यो हामीलाई अमान्य छ । कमलपोखरीको प्राचीन मौलिकता कायम हुनुपर्छ भन्ने हाम्रो अडान छ,’ सम्पदाप्रेमी गणपतिलाल श्रेष्ठले वेवटिभी खबरसँग भने, ‘कमलपोखरीलाई पुरानै शैलीमा निर्माण गर्ने निर्णय नआएसम्म हामी निरन्तर सङ्घर्षमा छौं ।’

    बृहते् नागरिक आन्दोलनको अगुवाइमा आयोजित धर्नामा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय दबुका प्रतिनिधिहरू समेतको सहभागिता रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij