Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सञ्चारमन्त्री कार्की झिनो मतान्तरले अगाडि

सञ्चारमन्त्री कार्की झिनो मतान्तरले अगाडि

  • 454
    SHARES
  • सञ्चारमन्त्री कार्की झिनो मतान्तरले अगाडि

    काठमाडौं । सुनसरी निर्वाचन क्षेत्रनम्बर–४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले अगाडि छन् ।

    उनलाई एमालेका जगदीश कुसियैतले पछ्याइरहेका छन् । सुनसरी–४ को मतगणना अन्तिम चरणामा आइपुग्दा मन्त्री कार्की कुसियैतभन्दा ५८ मतले अगाडि छन् ।

    कार्कीले २७ हजार ४४० र कुसियैतले २७ हजार ३८२ मत पाएका छन् । अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार कुसियैतलाई पछाडि पार्दै कार्की विजयी भएका थिए ।

    तर यसपटक माओवादी, एकीकृत समाजवादीको साथ पाउँदा पनि कार्कीलाई चुनाव जित्न निकै सकस परिरहेको छ ।

    अब चार हजार मत गन्न बाँकी छ । त्यसैले अहिले नै कसले जित्छ भन्ने अनुमान गर्न कठिन छ ।

    अहिलेसम्म बहालवाला पाँच मन्त्री पराजित भइसकेका छन् ।

    जसमा गृहमन्त्री बालकृष्ण खाण, खानेपानीमन्त्री उमाकान्त चौधरी, ऊर्जामन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठ छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij