वेबटिभी खबर
महोत्तरी । महोत्तरी प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याउँदै गरेको मोटरसाइकल र विभिन्न सामानहरु बरामद गरेको छ । आज सम्सी गाउँपालिका र औरही नगरपालिकामा भारतबाट ल्याइएको ८ लाख ५४ हजार वरावरको मालसामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बेवारिसे अवस्थामा ज १५ प १५७५ नम्बरको मोटरसाइकल र अर्को नम्बर प्लेट नभएको २ वटा मोटरसाइकल, खाध्यन्न समाग्री गरि उक्त मुल्यको सामाग्री बरामद गरेको प्रहरी नायव उपरीक्षक सन्तोष पोखरेलले बताए ।
भन्सार छलीको सवै सामान थप अनुसन्धानको लागी भन्सार कार्यालय जलेश्वर स्थित मालिवारा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij