वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित संघीय सांसद प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनामा काम गरेका कर्मचारीहरूले तलबभत्ता नपाएको गुनासो गरेको भन्दै उनीहरूका गुनासा सम्बोधन हुनुपर्ने बताएका छन् । उनले मेलम्चीवासीका समस्या पनि सरकारले सम्बोधन गर्नुपर्ने बताए ।
मेलम्ची खानेपानी आयोजनास्थलको अवलोकन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जटिल समयमा काम गर्दा पनि कर्मचारीहरूले तलब पाउन नसक्नु र मेलम्चीवासीका समस्या समाधान नहुनु दुःखद् भएको बताए ।
मेलम्चीको व्यवस्थापन पनि कामचलाउ ढंगले मात्र भएको आफूले पाएको बताउँदै उनले भने, ‘कर्मचारीहरूले तलब पाएका छैनन् । क्राइसिसको समयमा काम गर्ने कर्मचारीले समयमा तलब पाउनुपर्छ । व्यवस्थापनमा पनि कामचलाउ तवरले मात्रै चलिरहेको देखियो । यसलाई म्यानेज गर्नुपर्छ । मेलम्ची खानेपानी वितरण बोर्डलाई के गर्ने त्यसको निर्णय हुनुपर्छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij