Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

महिला हिंसा रोक्न परिवारबाटै प्रयास गर्नुपर्छ

महिला हिंसा रोक्न परिवारबाटै प्रयास गर्नुपर्छ

  • 286
    SHARES
  • महिला हिंसा रोक्न परिवारबाटै प्रयास गर्नुपर्छ

    डडेल्धुरा । डडेल्धुराका स्थानीय तह लैङ्गिक हिंसाका घटना न्यूनिकरण गर्न महिला सचेतीकरण अभियानमा लागि परेका छन् । लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानका क्रममा जिल्लाको अजयमेरु गाउपालिकाले लैङ्गिक हिंसालाई अन्त्य गर्ने जनाएको छ ।

    ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसाविरूद्धको अभियान’ भन्ने मूल नाराका १६ दिने अभियानअन्तर्गत अजयमेरुका छवटै वडामा हिंसाविरूद्धका विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

    जिल्लाका अन्य स्थानीय तहमा पनि हिंसाविरूद्धका अभियान भइरहेका छन् । गाउँ समाजमा अझै पनि महिला हिंसा, जातीय भेदभाव, घरेलु हिंसालगायतका कुरा भइरहेकाले यो अभियानले मानिसलाई जागरुक गरी हिंसामुक्त हुन कानुनीरूपमा सहयोग मिल्ने न्यायिक क्षेत्रका अगुवा बताउँछन् ।

    समय-समयमा दूरदराजका गाउँका महिला तथा किशोरी सहभागी गरी सचेतनामूलक कार्यक्रम गर्दा लैङ्गिक हिंसामुक्त हुन उत्प्रेरित गर्ने अधिवक्ता युवराज जोशीले बताए ।

    गाउँपालिकाले विभिन्न सचेतामूलक कार्यक्रम गर्दै लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान मनाइरहेको गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बसन्ती पालले जानकारी दिइन् ।

    वडा नं-३ बाट १६ दिने अभियानअन्तर्गत विभिन्न कार्यक्रम गर्नुका साथै महिला सचेतीरणका कुरालाई लिएर महिला अधिकारका साथै मान अधिकार र मौलिक हकका विषयमा समेत जानकारी गराइरहेको छ ।

    सोह्रदिने लैङ्गिक हिंसाविरूद्धको अभियानका अवसरमा र्‍याली र अन्तर्क्रिया कार्यक्रम भइरहेको जनाइएको छ । लैङ्गिक हिंसा अन्त्यका लागि परिवार तथा समाजमा सचेतना फैलाउन जरूरी रहेको जनाइएको छ ।

    व्यक्तिगत घटना, घरेलु हिंसालगायत महिलामाथि हुने अन्यायलाई रोक्नका लागि हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रूपमा विश्वव्यापीरूपमा १६ दिने अभियान मनाइने गरिन्छ ।

    महिलामाथि हुने हिंसा रोक्न परिवारबाट प्रयास गरिनुपर्ने नवदुर्गा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक निर्मला बोगटी विष्टले बताइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij