Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

स्याङ्जा–२ मा धनराज गुरूङ साढे ४ हजार मतले अगाडि

स्याङ्जा–२ मा धनराज गुरूङ साढे ४ हजार मतले अगाडि

  • 360
    SHARES
  • स्याङ्जा–२ मा धनराज गुरूङ साढे ४ हजार मतले अगाडि

    काठमाडौं । सत्ता गठबन्धनबाट स्याङ्जा-२ मा प्रतिनिधिसभा सदस्यका  उम्मेदवार धनराज गुङले मतान्तर बढाएका छन् ।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसका उम्मेदवार गुरूङले निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार पद्माकुमारी अर्याललाई चार हजार ६३१ मतले पछाडि पारेका छन् ।

    पछिल्लो मतगणनाअनुसार गुरूङले २७ हजार ३२ मत प्राप्त गर्दा अर्यालले २२ हजार ४०१ मत ल्याएकी छिन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरूङले सात हजार ६६२ मत प्राप्त गरेका छन् ।

    अब चापाकोट नगरपालिका ५, ६, ७, ८, ९ र १० नम्बर जडाको मतगणना हुन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

    स्याङ्जा २ (ख) पनि कांग्रेस उम्मेदवार महेश भट्टराईले अग्रता बढाएका छन । भट्टराई १ हजार ९६६ मतान्तरसहित अगाडि छन् ।

    भट्टराईले १४ हजार सात सय १५ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १२ हजार ७४९ मत ल्याएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij