वेबटिभी खबर
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत र लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोबीच भेटवार्ता भएको छ ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए । राजेन्द्र महतो भने महिन्द्र राय यादवसँग पराजित भएका थिए ।
पछिल्लो समय राउतले भेटघाटलाई तीव्रता दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत अन्य नेताहरूसँग भेटघाट गरिसकेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij