वेबटिभी खबर
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन धर्नामा बसेका कानून व्यवसायीमाथि जुत्ता प्रहार भएको छ ।
आफूविरूद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको संघीय संसद् सचिवालयले पत्र दिएपछि बुधबार सर्वोच्च अदालत जबरा आउने भएपछि सर्वोच्चमा धर्नामा बसेका कानून व्यवसायीमाथि जुत्ता प्रहार भएको हो ।
कानून व्यवसायीमाथि एक महिलाले जुत्ता प्रहार गरेकी हुन् । आफूलाई अभियान्ता बताउने तारा बरालले कानून व्यवसायीमाथि जुत्ता प्रहार गरेकी हुन् ।
जबराको पक्षमा नारा लगाउँदै कानून व्यवसायीमाथि जुत्ता प्रहार गरेकी बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij