Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बंगुरकाे उत्पादन छ बजार छैन्

बंगुरकाे उत्पादन छ बजार छैन्

  • 508
    SHARES
  • बंगुरकाे उत्पादन छ बजार छैन्

    इलाम । व्यावसायिक बंगुरपालनमा लागेका युवा दिनेश महतको फार्ममा हाल तीन सय बढी बंगुर छन् । विशेष गरी कुखुरा र कुखुराका दाना तथा भेटनरी सञ्चालन गर्दै आएका उनी बंगुर पालनमा पनि लागेका हुन् ।

    २०७५ बाट व्यावसायिक बंगुरपालन गर्दै आएका महतको फार्ममा उन्नत जातका बंगुर छन् । अहिले उनको फार्ममा बंगुरको संख्या वृद्धि भइरहेको छ । पछिल्लो समय महत जस्तै पशु तथा कृषि पेसामा युवाको आकर्षण बढ्न थालेको छ ।

    महतको फार्ममा बंगुरको हेरचाहका लागि दुई परिवारलाई रोजगारी दिइएको छ । माँ दुर्गा एग्रीकल्चर एण्ड रिसर्च सेन्टरका नामबाट फार्म दर्ता गरेर व्यावसायिक बंगुरपालन थालिएको महतले बताए ।

    आधुनिक तरिकाबाट गरिएको बंगुरपालनबाट उनको फार्ममा संख्या वृद्धि भएर तीन सय बढी पुगेको हो । बंगुरको पाठा जन्मेको ४५ दिनपछि माउबाट छुटाउन र बेच्न सकिने सो फार्मका कामदार कृष्ण बराइलीले जानकारी दिए ।

    माउबाट छुटाइसकेपछि पाठापाठी बेच्न सकिने बताइएको छ । छिटो वृद्धि र विकास हुने भएपछि पछिल्लो समय उन्नत जातका पाठापाठी खरिद गरेर व्यावसायिक बंगुरपालन थालिएको हो ।

    हाल रेन्ड्स, ड्युरो, योगसायर र हेमसायर गरी चार जातका बंगुर फार्ममा रहेको बताइएको छ । हाल सो फार्ममा पाठापाठीदेखि दुई सय किलोभन्दा बढीका बंगुर छन् ।

    उत्पादन बढे पनि उनको फार्मबाट सोचेजस्तो आम्दानी भने नभएको सञ्चालक महतको भनाइ छ । यहाँ उत्पादन भएका बंगुर स्थानीय बजारमा बिक्रीवितरण भइरहेको छैन् ।

    हेर्दा उस्तै देखिए पनि सुँगुर र बंगुरमा उपभोक्ताले खानामा सुँगुर नै रुचाउने भएकाले स्थानीय बजारमा यसको खपत नभएको बताइएको छ । स्थानीय बजारमा बिक्री नभएको र बाहिरसमेत बंगुर बिक्री नभएपछि समस्या भएको महतको भनाइ छ ।

    सरकारले पछिल्लो समय कृषिमा अनुदानको कार्यक्रम ल्याए पनि बिक्रीवितरणमा चासो नदिएको उनले बताए । किसानले मेहनतका साथ उत्पादन गरेका कृषिउपज बिक्रीवितरणमा सरकारले सहजीकरण गरिदिनुपर्ने उनको माग छ ।

    कोरोना कालको लकडाउन र कामको विकल्प खोज्ने युवाको रोजाइमा परेको कृषि पेसाप्रति उत्तिकै वितृष्णा जाग्न थालेको युवाको भनाइ छ । उत्पादन गरेको वस्तु बिक्री नहुँदा किसान चिन्तितसमेत भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij