Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

धौलागिरि अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

धौलागिरि अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

  • 450
    SHARES
  • धौलागिरि अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

    बाग्लुङ । धौलागिरि अस्पताल बाग्लुङलाई नयाँ एम्बुलेन्स हस्तान्तरण गरिएको । बाग्लुङ नगरपालिका र बाग्लुङ अष्ट्रेलिया समाजको सहयोगमा खरिद गरिएको एम्बुलेन्स अस्पताललाई हस्तान्तरण गरिएको हो ।

    एम्बुलेन्स खरिद गर्नका लागि बाग्लुङ नगरपालिकाले ३२ लाख र बाग्लुङ अष्ट्रेलिया समाजले २८ लाख दुई हजार सहयोग गरेको थियो । गत वर्षको मंसिरमा अस्पताल विकास समितिले विविध कारण देखाउँदै बाग्लुङ समाज अष्ट्रेलियाले पठाएको सो रकम फिर्ता गरेको थियो ।

    एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बाग्लुङ नगरपालिका प्रमुख बसन्तकुमार श्रेष्ठले एम्बुलेन्सको सदुपयोग गर्नुपर्ने बताए । एम्बुलेन्स खरिदका लागि रकम जुटाउन समन्वय गर्ने पुनम शर्मा, जमुना विष्टले एम्बुलेन्सको सदुपयोग हुनुपर्नेमा जोड दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij