Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

भैरहवा मेलामा स्थानीय उत्पादन

भैरहवा मेलामा स्थानीय उत्पादन

  • 415
    SHARES
  • भैरहवा मेलामा स्थानीय उत्पादन

    भैरहवा । भैरहवावासीले मुस्ताङको उत्पादन भैरहवामै पाएका छन् । मुस्ताङका तरकारी तथा फलफूलबाट तयार पारिएका सामग्री भैरहवमामै बिक्री भइरहेका छन् ।

    शुक्रबारदेखि सुरु भएको आठौँ लुम्बिनी राष्ट्रिय महोत्सवमा मुस्ताङको उत्पादन पनि बिक्रीका लागि राखिएको छ । मुस्ताङकै तरकारी र फलफूल प्रशोधन स्याउको सुकुटी, जाम, क्यान्डी, आलु चिप्स, खुर्पानीको जाम, सुकुटी जस्ता विभिन्न उत्पादनहरू बिक्रीका लागि राखेका हुन् ।

    भैरहवा मेलामा मार्फा फलफूल तथा तरकारी उद्योगको स्टल रहेको छ । स्टल सञ्चालक घरपझोङ्ग-२ मार्फाका शंखरलाल विश्वकर्माले सुरुकै दिनदेखि दर्शकको राम्रो प्रतिक्रिया पाएको बताए ।

    ‘भैरहवामा पहिलो पटक मुस्ताङको उत्पादन लिएर आएको छु’, विश्वकर्माले भने, ‘पहिलो दिनमै ६ हजार बढीको बिक्री भएको छ ।’ कोभिडका कारण लामो समयदेखि बाहिर व्यापार गर्न नपाएका उनले भैरहवा मेलाले उत्साह जागेको जानकारी दिए ।

    उनले मेला अवधिमा एक लाख बराबरको कारोबार गर्ने लक्ष्य रहेको उनको भनाइ छ । स्टलमा मार्फाको ब्रान्डी, रातो मुरली मकै, जिम्मु, जाम, छोप, स्याउ जस्ता उत्पादन रहेका छन् ।

    मेलामा रोल्पा सुनछहारीका जसमन बिष्ट क्षेत्री र जितबहादुर बिटालुले जाँतो लिएर आएका छन् । पुर्ख्यौली पेसा यहि रहेको उनीहरूले आफूसंग जातो र सिलौटा बिक्रीका लागि राखिएको बताए ।

    स्थानीय डुडे ढुंगाबाट तयार पारिएको जाँतो र सिलौटामा पिसिएको मसला, आटा, दाललगायत स्वादिष्ट एवम् रसिलो हुने दाबी गरे ।

    दुई सय ५० स्टल राखिएको आठौं लुम्बिनी राष्ट्रिय महोत्सवमा स्थानीय उत्पादनहरूलाई प्रवर्द्धन हुने उद्योगलाइ प्राथमिकता दिएको मेला मूल आयोजक समितिका संयोजक भीष्म न्यौपानेले बताए ।

    मेलामा स्वदेशी, गुणस्तरीय वस्तु तथा सेवाहरूको उपभोगप्रति उपभोक्ताहरूलाई जागरुक बनाई सीमावर्ती बजारमा पाइने सामानहरूबीच तुलनात्मक मूल्यबारे उपभोक्तालाई जानकारी दिने उद्देश्य रहेको उनले जानकारी दिए ।

    संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले वर्तमान आर्थिक तरलता अवस्थामा आर्थिक गतिविधि बढाउने पनि मेलाको उद्देश्य रहेको बताए । कोभिडका कारण शिथिल रहेको स्थानीय व्यापारलाई मेलाले टेवा दिने उनको भनाइ छ ।

    मेलामा आउने दर्शकलाई लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राममा अवस्थित पुरातात्विक पर्यटकीय क्षेत्रहरूमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था गराइने प्रचारप्रसार समिति संयोजक कृष्णप्रसाद घिमिरेले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij