Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

ताक्सुगाड आयोजनाको डीपीआर अन्तिम चरणमा

ताक्सुगाड आयोजनाको डीपीआर अन्तिम चरणमा

  • 449
    SHARES
  • ताक्सुगाड आयोजनाको डीपीआर अन्तिम चरणमा

    जाजरकोट । ताक्सुगाड जलविद्युत् आयोजनाको डीपीआर अन्तिम चरणमा पुगेको छ ।

    डीपीआरको रिपोर्ट कन्सलटेन्टले बुझाइसकेकाले अहिले अध्ययनको काम सुरु भएको नलगाड जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुनिल पौडेलेले जानकारी दिए ।

    नलगाड नगरपालिका-१० मा रहेको उक्त आयोजनाको डीपीआर २०१६ देखि सुरु भएको थियो । डीपीआरको जिम्मेवारी डिजायड कन्सलटेन्ट काठमाडौंले दुई वर्षमा सक्ने सम्झौताअनुसार लिएको थियो ।

    सात वर्षसम्म डीपीआरको काम सम्पन्न नगर्दा आयोजना अन्योलमा परेका बेला अब चार महिनाभित्र काम पूरा गर्ने भन्दै डीपीआरको ड्राफ्ट आएको र अध्ययनको काम जारी रहेको अधिकृत पौडेलले बताए ।

    आयोजनाले उक्त ड्राफ्ट अध्ययनपश्चात कन्सलटेन्टलाई दिएर चार महिनाभित्र अन्तिम रिपोर्ट बुझाउने बताएको छ । सुरुमा चार मेगावाट विद्युत् उत्पादन गर्न सकिने भनिए पनि अहिले ७.१ मेगावाट विद्युत् उत्पादन हुने रिपोर्ट आएको आयोजनाका इञ्जिनीयर पदम थापाले बताए ।

    नलगाड जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक विद्युत् उत्पादन गर्ने उद्देश्यले ताक्सुगाड जलविद्युत् आयोजना निर्माण गर्न लागिएको थियो । नलगाडको अझैँ डीपीआर सकिएको छैन् ।

    भेरी करिडोर अन्तरर्गत जाजरकोट-डोल्पा सडक खण्डको बीचमा यो आयोजना पर्दछ । तोकिएको समयमा डीपीआर सम्पन्न नगर्दा यहाँका स्थानीय आक्रोशित भएका छन् ।

    कर्णाली प्रदेश सरकारले उक्त आयोजना निर्माण गर्नका लागि मागे पनि नलगाड जलविद्युत आयोजनाले प्रदेशलाई दिएको छैन् । प्रदेश सरकारले उक्त आयोजनाका लागि बजेट विनियोजन गरेको छ ।

    उता ३३ केभी प्रशारण लाइन अन्तर्गत ११ केभी प्रशारण लाइनको सव स्टेशन ताक्सुगाडकै किनारमा रहेको चौखामा निर्माण हुनगइरहेको छ ।

    चौखामा निर्माण हुने उक्त सव स्टेशनले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला जलविद्युत् आयोजनाका साथै डोल्पामा विद्युतीकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij