Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

मोटरसाइकल चोरेर फरार भएका युवा पेस्तोलसहित पक्राउ

मोटरसाइकल चोरेर फरार भएका युवा पेस्तोलसहित पक्राउ

  • 297
    SHARES
  • मोटरसाइकल चोरेर फरार भएका युवा पेस्तोलसहित पक्राउ

    काठमाडौं । मोटरसाइकल चोरेर फरार रहेका सिरहाको विष्णुपुर गाउँपालिका-३ राजपुरका २८ वर्षीय विन्दे दास पेस्तोलसहित पक्राउ परेका छन् ।

    विवाह चलिरहेको स्थानबाट मोटरसाइकल चोरेर फरार रहेका दासको घरमा खानतलासी गर्दा कम्मरमा लुकाइ राखेको अवस्थामा एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    उनीसँगै मोटरसाइकल चोरीमा संलग्न सोही स्थानका २८ वर्षीय सरोज यादव फरार रहेका छन् ।

    हाल फरार सरोजको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको समेत प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij