वेबटिभी खबर
एजेन्सी । बर्लिनको र्याडिसन ब्लुको लबीमा रहेको १० लाख लिटर पानी भएको विशाल एक्वैरियम फुटेको छ ।
एक्वैरिम फुटेपछि होटल र नजिकैका सडकहरू बाढीमा परेका छन् । १५ सय माछाहरूको घर ‘एक्वाडोम’ १५ दशमबल ८५ मिटर उचाई (५३ फिट) अग्लो थियो ।
त्यसलाई संसारको सबैभन्दा ठूलो बेलनाकार एक्वैरियमको रूपमा वर्णन गरिएको थियो । विष्फोटपछि सिसा खसेर दुई जना घाइते भएका छन् ।
त्यहाँ अविश्वसनीय क्षति भएको प्रहरीले जनाएको छ । भिडियोमा होटलको लबीमा पानी खन्याएको खाली ट्यांकी देखाइएको छ ।
पोखिएको पानी भएको ठाउँमा धेरै जीवितै माछा फेला परेको प्राप्त विवरणहरुमा जनाइएको छ ।
घटनापछि पाहुनाहरूलाई होटलबाहिर लगिएको थियो । ठूलो परिणाममा माछाहरू मरेको बर्लिनका अग्नि नियन्त्रकका प्रवत्ताले बताए ।
एक्वैरियम फुटेपछि आफू व्युझिएको एक आगन्तुकले बताएका छन् । लबीमा हेर्दा पानी बगिरहेको र अन्य पाहुनाहरूलाई पछि सशस्त्र प्रहरीले होटलबाट बाहिर निकालेको उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij