Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले कानुनी र राजनीतिक प्रतिवाद गर्ने 

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले कानुनी र राजनीतिक प्रतिवाद गर्ने 

  • 688
    SHARES
  • प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले कानुनी र राजनीतिक प्रतिवाद  गर्ने 

    काठमाडौं । माधव नेपालसहितका बिपक्षी गठबन्धनले मध्यरातमा संसद् विघटन गरेर निर्वाचनमा जाने कदम प्रतिगमन भएको भन्दै  कानुनी र राजनीतिक रुपमा संयुक्त संघर्ष गर्ने निर्णय गरेको छ । 

    संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको बिपक्षी गठबन्धनको बैठकले संसद विघटन गर्ने कदमलाई प्रतिगमनको संज्ञा दिँदै त्यसलाई कानूनी र राजनीतिक प्रतिवाद गरेर संघर्ष गर्ने निर्णय गरेको हो ।

    बिपक्षी दलले १४९ सांसदको हस्ताक्षरसहित आइतबार सर्वाेच्च अदालतमा रिट दायर गर्ने निर्णय पनि गरेको छ । प्रतिनिधिसभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय, अन्योल र अराजकता सिर्जना गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न कटिबद्ध रहेको बैठकपछि जारी संयुक्त बक्तव्यमा उल्लेख छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी दुर्गा पौडेलले हस्ताक्षर गरेको बक्तव्यमा संसद बिघटन गर्ने कार्यको भत्र्सना र निन्दा गरिएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । 

    gathbandhan.jpgबैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  राजनीतिक र कानुनी रुपमा लगाई लड्ने बताए । उनले आइतबार १४९ सांसदहरु सर्वोच्चमा जाने जानकारी दिए । फेरि संसद पुनस्थापना भएर लोकतन्त्र सही ट्रयाकमा जाने उनको भनाइ थियो । प्रचण्डले विगतमा संसद् विघटन निरंकुश र प्रतिगमनकारी कदम भनेर सडक र अदालतमा जाँदा पुनस्थापना भएको पनि स्मरण गरे । 

    प्रचण्डले कोरोना महामारीको बेला देशलाई दुर्घटनामा लगेको जनताले कुनै हालतमा नसहने दाबी गरे । निर्वाचन गर्नका लागि घोषणा नगरिएको भन्दैै निर्वाचनको अर्थ नरहेको उनको भनाइ थियो । 

    शुक्रबार राती सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बिघटन गरेर निर्वाचनको मिति घोषणा गरेकी थिइन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij