Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

आजकाे माैसम : तराईका केही स्थानमा हुस्सु उच्च पहाडी क्षेत्रमा हिमपातकाे सम्भावना

आजकाे माैसम : तराईका केही स्थानमा हुस्सु उच्च पहाडी क्षेत्रमा हिमपातकाे सम्भावना

  • 347
    SHARES
  • आजकाे माैसम : तराईका केही स्थानमा हुस्सु उच्च पहाडी क्षेत्रमा हिमपातकाे सम्भावना

    काठमाडाैं । आज पनि देशका केही भागमा मौसम बदली हुने भएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेको छ । जसले गर्दा नेपालको तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

    आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य  बदली हुनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

    मंगलबार पनि देशको पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । बुधबार भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक  बदली भए पनि वर्षा र हिमपातको सम्भावना कम रहेको छ ।

  • सम्बन्धित विषय:

  • # माैसम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij