Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

गठबन्धन गर्दा आलोपालो प्रधानमन्त्रीको समझदारी भएको हो : प्रचण्ड

गठबन्धन गर्दा आलोपालो प्रधानमन्त्रीको समझदारी भएको हो : प्रचण्ड

  • 321
    SHARES
  • गठबन्धन गर्दा आलोपालो प्रधानमन्त्रीको समझदारी भएको हो : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीको समझदारी भएको बताएका छन् ।

    सोमबार चितवनमा आयोजित पत्रकारसम्मेलनमा प्रचण्डले गठबन्धनका बीचमा प्रधानमन्त्री काे बन्ने भनेर लिखित वा औपचारिक निर्णय नभए पनि आलोपालो गर्ने कुरा भएको बताएका हुन् ।

    उनले भने, ‘अहिले पनि यो समझदारी छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख तत्काल प्याकेजमानै टुंगो लगाउने समझदारी भएको छ ।’ गठवन्धनभित्रैबाट प्रधानमन्त्री बन्ने भन्दै उनले गठबन्धन बसेर त्यहीँबाट टुंगो लाग्ने बताए ।

    आफूहरु गठबन्धनमा भएको भन्दै उनले गठबन्धन कायम रहने बताए । उनले भने, ‘मैले प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै पनि गरेको छैन ।’

    आफूले गठबन्धनबाट देशको नेतृत्व गर्ने अवसर पाए जिम्मेवारी लिने कुरा मात्रै गरेको उनको भनाइ छ । सरकार गठबनबारे नेकपा एमालेसहित अन्य दलहरुसँग सबैको कुराकानी भइरहेको भन्दै उजले नयाँ बनेका पार्टीसँग पनि छलफल भइरहेको जानकारी दिए ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसँग दुई तीन पटक कुरा भएको भन्दै उनले सिके राउत र रेशम चौधरीसँग पनि भेट गरेको बताए । नेकपा एमालेसँग एकताका विषयमा बाहिर आएको जसरी कुरा नभएको उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij