Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार

  • 479
    SHARES
  • साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ ।

    लगातार घटिरहेको शेयर बजार आज उकालो लागेको हो । नेप्से परिसूचक ३.८३ अंकले उकालो लागि १८५८.८९ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार शेयर बजार २७.५४ अंकले घटेको थियो ।

    आज २५१ कम्पनीको शेयर कारोबार हुँदा २६ लाख ९९ हजार ३३१ कित्ता शेयर किनबेच भएको र आज ८८ करोड रुपैयाँ ६० लाखभन्दा बढीको शेयर किनबेच भएको छ ।

    यस्तै, प्राइम बैंकको शेयर सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोडभन्दा बढीको शेयर बिक्री भएको छ । फोरवर्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको ५ करोड ९४ लाख बराबरको कारोबार भएको छ ।

    धौलागिरी लघुवित्त वित्तिय संस्थाको १० प्रतिशत र खप्तड लघुवित्त वित्तिय संस्थाको करिब ६ प्रतिशतले मूल्य वृद्धि भएको छ ।

    आज १३ वटा उपसुचकहरूमा ४ कम्पनीमा ओरालो लागेको र बाँकी सबै कम्पनीको मूल्यमा वृद्धि भएको छ । सबैभन्दा धेरै अन्य इन्डेक्समा करिब २ प्रतिशतले वृद्धि भएको नेप्सेले जानाएको छ ।

  • सम्बन्धित विषय:

  • # शेयर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij