Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

वन्यजन्तुको सिकार गर्ने पाँचजना पक्राउ

वन्यजन्तुको सिकार गर्ने पाँचजना पक्राउ

  • 314
    SHARES
  • वन्यजन्तुको सिकार गर्ने पाँचजना पक्राउ

    काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रूपमा वन्यजन्तु चोरीसिकारी गर्दै गरेको अवस्थामा हातहतियार र बन्दोबस्तीका सामानसहित पाँचजना पक्राउ परेका छन् ।

    पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रूपमा वन्यजन्तु चोरी सिकारी गर्नेलाई मृत पोथी जरायो,  हातहतियार र गाडीसहित पक्राउ गरिएको हो । 

    सोमबार राति निकुञ्जलाई प्राप्त सूचनाको आधारमा गस्ती टोलीले गस्ती गर्दै जाँदा निकुञ्जभित्रको पर्सा जिल्लामा पर्ने गडवालाइनबाट पक्राउ गरिएको बताइएको छ ।

    उनीहरूका साथबाट मृत पोथी जरायो, भाले जरायोको सिंगसहित दुई लाख ९० हजार ६७० नेपाली रुपैयाँ, १ हजार २०० भारतीय रुपैयाँ, एउटा ल्याण्डक्रुजर गाडी, एउटा बोलरो गाडी, १२ बोरको बन्दुक १ थान, १२ बोरको राउण्ड १ थान, २२ बोरको राउण्ड ९ थान, हतियार राख्ने झोला २ थान, नाइटभिजन क्यामेरा १ थान, टेलिसकोप १ थान, रबरको टेलिस्कोप १ थान, ब्याट्री कपार्टमेन्ट, टर्चलाइट र अन्य कागजपत्र बरामद गरेको निकुञ्जको कार्यालयले जनाएको छ ।

    पक्राउ पर्नेमा काभ्रे जिल्ला स्थायी ठेगाना भएका ५७ वर्षीय दामोदर अधिकारी, बारा जिल्ला स्थायी ठेगाना भएका ४६ वर्षीय विशाल सहनी, ३७ वर्षीय झापस दास थारू, ४४ वर्षीय नवराज थारू र अर्का एकजना ५२ वर्षीय मालदोंग तामाङ रहेका छन् ।

    निकुञ्जका रेञ्जर विष्णु पौडेलले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ का आधारमा कारबाही प्रक्रियाअघि बढाइने बताए । उनले अहिले अनुसन्धानकै क्रममा रहेकोले कसलाई कति सजाय हुन्छ भन्ने कुरा अनुसन्धानपछि निर्धारण हुने जानकारी दिए ।

    aa.jpg

    pak.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij