Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

‘साई ग्लोबल कप-२०७९ टी-२०’ क्रिकेट प्रतियोगिता सुरु 

‘साई ग्लोबल कप-२०७९ टी-२०’ क्रिकेट प्रतियोगिता सुरु 

  • 388
    SHARES
  • ‘साई ग्लोबल कप-२०७९ टी-२०’ क्रिकेट प्रतियोगिता सुरु 

    रुपन्देही । रुपन्देही क्रिकेट संघको आयोजनामा बुधबारदेखि ‘साई ग्लोबल कप-२०७९ टी-२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

    भैरहवास्थित सिद्धार्थ रंगशालामा सुरु भएको प्रतियोगितामा २० वटा कलेजमा अध्ययन गर्ने क्रिकेट खेलाडीको संस्थागत सहभागिता छ । रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले अन्तरकलेज क्रिकेट प्रतियोगिता गरेर राष्ट्रिय तहमा खेल्ने खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको बताए ।

    विगतमा राष्ट्रिय टोलीमा वर्चस्व राख्ने जिल्लाका खेलाडी अहिले घट्दै आएकाले विभिन्न क्रिकेट प्रतियोगितालाई संघले निरन्तरता दिँदै आएको उनको भनाई थियो ।

    नयाँ-नयाँ खेलाडीको खोजी र क्रिकेट खेलको विकासका लागि उक्त संघले खुल्ला र संस्थागत खेलहरू आयोजना गर्दै आएको छ । यही पुस ६ देखि १६ गतेसम्म आयोजना भएको उक्त प्रतियोगितामा बिजेताले ४० हजार र ट्रफी तथा उपबिजेताले २० हजार ट्रफी प्राप्त गर्नेछन् ।

    यस्तै म्यान अफ द सिरिजले पाँच हजार, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही दुई हजार पाँच सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार पुरस्कार पाउने संघका सचिव सञ्जय गुरुङले जानकारी दिए । प्रतियोगितामा अनुशासित एक टोलीलाई समेत पुरस्कृत गरिने भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij