Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

गठबन्धनकै सरकार बन्छ : प्रचण्ड

गठबन्धनकै सरकार बन्छ : प्रचण्ड

  • 436
    SHARES
  • गठबन्धनकै सरकार बन्छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धनको नै सरकार बन्ने दाबी गरेका छन् ।

    प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण समारोहपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदैँ अध्यक्ष प्रचण्डले सत्तारूढ गठबन्धनको नै सरकार बन्ने बताएका हुन् ।

    उनले भने, ‘यही गठबन्धनको सरकार बन्छ । अबको भावी प्रधानमन्त्री को बन्छ त ? भन्ने प्रश्नमा प्रचण्डले छोटो उत्तर दिए, ‘हामी सल्लाह गर्दै छौं ।’

    राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको ७ दिनको समयसीमा घर्किन लागिरहेको बेला प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    आउँदो आइतबार साँझ ५ बजेभित्र प्रधानमन्त्री पदको दाबी गर्न समय दिइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij