वेबटिभी खबर
काठमाडौं । सिराहामा मोटरसाइकल पल्टिएर भएको दुर्घटनामा चालकको मृत्यु भएको छ ।
मिर्चैया नगरपालिका-७ फुलबरियामा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय प्रवीण तिवारी रहेका छन् ।
मंगलम अस्पतालबाट थप उपचारको लागि फुलकुमारी मेमोरियल अस्पताल लैजाने क्रममा तिवारीको बाटोमै मृत्यु भएको सिराहा प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij