वेबटिभी खबर
काठमाडाैं । ‘सिरियल किलर’ चार्ल्स शोभराज आज रिहा हुने भएका छन। सर्वाेच्च अदालतकाे आदेशपछि रिहा भएकाे शाेभराजलाई फेरि नेपाल आउन नपाउने गरी फ्रान्स पठाउने तयारी गरिएको हाे।
केन्द्रीय कारागारमा रहेका उनलाई आज कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी छ ।
सर्वोच्च अदालतले शोभराजलाई रिहा गर्न र १५ दिनभित्र स्वदेश फर्काउन बुधबार आदेश दिएको थियो । उनलाई केन्द्रीय कारागारबाट बिहीबारै अध्यागमन विभागको जिम्मा लगाउने तयारी थियो । तर उनी रिहा हुन मानेनन् र बिहीबार केन्द्रीय कारागारमै पाहुनाका रुपमा बसे ।
जेलरले अध्यागमनको जिम्मा लगाएपछि उनको पासपोर्ट नवीकरण भए/नभएको हेरिने र भिसा प्रक्रिया अघि बढाएर स्वदेश फर्काउने तयारी गरिएकाे छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij