Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सरसफाई गरेर बस पार्क सुधार्ने अभियानमा निमबहादुर  

सरसफाई गरेर बस पार्क सुधार्ने अभियानमा निमबहादुर  

  • 361
    SHARES
  • सरसफाई गरेर बस पार्क सुधार्ने अभियानमा निमबहादुर  

    दाङ । दाङ तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकीले प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाई गर्छन् ।

    न त उनी बसपार्क सफा गर्ने कर्मचारी नै हुन् । तर सामाजिक उत्तर दायित्व बहन गर्दै उनले हप्ताको एक पटक बसपार्क पुगेर सरसफाई गर्छन् ।

    यसरी बसपार्क सरसफाई गर्न लागेको दुई वर्ष भयो । तुलसीपुर बसपार्क फोहर थियो । अव्यवस्थित रूपमा फोहर फालिएको थियो । तर, कसैले पनि त्यो फोहर उठाउँदैनथे ।

    त्यसैले उनले सरसफाई गर्न कर्मचारी नै हुनु पर्दैन, आफैँ पनि सरसफाई गर्न सकिन्छ, भनेर लागेका हुन् । ‘बसपार्क सरसफाई गर्न कसैले पनि ध्यान दिएको देखिएन, सबै फोहरैफोहर थियो’, उनले भने ।

    फोहर सफा गर्नुपर्छ भन्ने सन्देश दिन उनले काम थालेको बताए । उनले केही डस्टबिन त्यहाँ राखेर फोहर राख्न अनुरोध गरे ।

    ‘मैले आफैँ सधैँ सफा गर्न सम्भव पनि हुँदैन, म आफैँ व्यवसायी पनि हुँ, त्यसैले शनिबारको समय मिलाएर सरसफाई गर्न थालेको हुँ’, उनले भने, ‘यसले बसपार्क सरसफाई गर्न धेरै मद्दत पुगेको थियो ।’

    उनी तुलसीपुर बसपार्कस्थित बुढाथोकी सप्लायर्सको सञ्चालक पनि हुन् । २०७७ फागुनदेखि उनले नियमित प्रत्येक हप्ता सरसफाई गर्न थाले । सुरुमा एक्लै सरसफाई गरेपनि पछि उनको कामलाई सहयोग गर्न अरु पनि थपिएपछि झनै सहज भएको छ ।

    ‘६३ हप्तासम्म एक्लै सरसफाई गरेँ’, उनले भने, ‘त्यसपछि केही साथीहरू थपिनुभयो ।’ बसपर्क क्षेत्र धेरै नै फोहर भएपछि आफू पनि यो अभियानमा जोडिएको तुलसीपुरका राजु विकले भने ।

    ‘पहिले दाइलाई एक्लै सरसफाई गरेको देख्यौँ, त्यसपछि हामी सरसफाई गर्नुपर्छ, भनेर लाग्यौँ’, विकले भने, ‘हामीले सचेतना फैलाउने हो ।’ विक अहिले कक्षा ११ मा सेन्टर स्कुल अध्ययनरत छन् ।

    अहिले पाँच जनाले प्रत्येक शनिबार बसपार्क सरसफाई गर्दै आएका छन् । यातायात व्यवसायी टंक विकले भने, ‘पहिले निकै फोहर हुने गथ्र्यो, अहिले नियमित उहाँहरूले सफा गर्न थालेपछि बसपार्क सफा हुँदै गएको छ ।’

    उनीहरूले फोहर एक ठाउँमा राखेपछि त्यो फोहर लिन उपमहानगरपालिकाको गाडी आउँछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij