Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

उपत्यका विकास प्राधिकरणले १० वटा उद्यान निमार्ण गर्दै

उपत्यका विकास प्राधिकरणले १० वटा उद्यान निमार्ण गर्दै

  • 300
    SHARES
  • उपत्यका विकास प्राधिकरणले १० वटा उद्यान निमार्ण गर्दै

    काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले यहाँका विभिन्न स्थानमा १० वटा उद्यान निर्माण गर्ने भएको छ ।

    विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लागि यी उद्यान निर्माण गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी एवम् इञ्जिनीयर सौरब ढकालले बताए ।

    प्राधिकरणले शंखरापुर नगरपालिकामा शाली नदी उद्यान, नागार्जुन नगरपालिकामा घटालबाबा मन्दिर उद्यान, कागेश्वरी मनोहरा नगरपालिकामा कागेश्वरी र नवतनधाम उद्यान, कीर्तिपुर नगरपालिकामा चम्पादेवी उद्यान निर्माण गर्न लागिएको जनाएको छ ।

    यस्तै ललितपुर महानगरापालिकामा तीन उद्यान निर्माण गरिने भएको छ । महानगरपालिकाको १३ नं वडामा मच्छेन्द्र उद्यान, वडा नं २१ मा पञ्चोद्यान, वडा नं २७ मा बालकुमारी उद्यान निर्माण गरिने इञ्जिनीयर ढकालले जानकारी दिए ।

    महानगरपालिकाकै वडा नं-२५ स्वयम्भू भैँसेपाटीमा रहेको सार्वजनिक जग्गा संरक्षण गरी उद्यान निर्माण गर्न लागिएको छ । ललितपुरकै महालक्ष्मी नगरपालिका-८ ढुङ्गेटोलस्थित लुभू माध्यमिक विद्यालयपछाडि रहेको सार्वजनिक जग्गा संरक्षण गरी उद्यान निर्माण गरिने भएको छ ।

    उद्यान निर्माण कार्यक्रमअन्तर्गत भक्तपुरका विभिन्न स्थानमा रहेको सार्वजनिक जग्गा संंरक्षण गरी हरियाली प्रवर्द्धन गरिने भएको छ ।

    भक्तपुरका स्थानीय तहसँगको सहकार्यमा सार्वजनिक जग्गा संरक्षण गरी ती स्थानमा उद्यान निर्माण गर्न लागिएको हो । तीनै जिल्लामा उद्यान निर्माणका लागि १० करोड बजेट विनियोजन गरिएको जानकारी पनि प्राधिकरणले दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij