Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

चीनमा दैनिक १ लाख कोभिड संक्रमित

चीनमा दैनिक १ लाख कोभिड संक्रमित

  • 373
    SHARES
  • चीनमा दैनिक १ लाख कोभिड संक्रमित

    एजेन्सी । चीनको सांघाई नजिकैको ठूलो औद्योगिक प्रान्त झेजियाङ दैनिक करिब एक लाख नयाँ कोभिड संक्रमणसँग लडिरहेको छ । यो संख्या आगामी दिनहरूमा दोब्बर हुने अपेक्षा गरिएको प्रान्तीय सरकारले आइतबार जनाएको छ ।

    संक्रमण राष्ट्रव्यापी रूपमा रेकर्ड संख्यामा बृद्धि भए पनि चीनले शनिबारदेखि पाँच दिनसम्म मुख्य भूमिमा कसैको पनि कोभिडबाट मृत्यु नभएको चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले जनाएको छ ।

    करोडौं नागरिकलाई अथक तालाबन्दीमा राखेको बेइजिले शून्य-कोभिड नीतिमा व्यापक परिवर्तन गरेपछि विज्ञहरूले थप सटीक तथ्यांकको लागि आह्वान गरेका छन् ।

    राष्ट्रिय स्वास्थ्य आयोगले लक्षणविहीन संक्रमणहरू रिपोर्ट गर्न बन्द गरेपछि यसले केसहरू ट्रयाक गर्न गाह्रो बनाएको बताइएको छ । आइतबार आयोगले कोभिडसम्बन्धी दैनिक तथ्यांक रिपोर्ट गर्न बन्द गरेको थियो । आयोगको सट्टा सीडीसीले तथ्यांक प्रकाशित गर्ने भएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij