Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

महोत्तरीमा एक वर्षमा ४० जनामा यौन दुर्व्यवहार, १० जनाको हत्या

महोत्तरीमा एक वर्षमा ४० जनामा यौन दुर्व्यवहार, १० जनाको हत्या

  • 538
    SHARES
  • महोत्तरीमा एक वर्षमा ४० जनामा यौन दुर्व्यवहार, १० जनाको हत्या

    महोत्तरी । महोत्तरीमा पछिल्लो एक बर्षमा अपराधजन्य क्रियाकलापमा वृद्धि भएको छ । एक तथ्यांकअनुसार ०७८ मा यहाँ  बलात्कार र यौन दुर्ववहारका ४० र  १० जनाको हत्या भएको तथ्यांक सार्वजनिक भएको छ ।

    आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीमा आयोजनामा भएको कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गर्दै महोत्तरी अपराधजन्य क्रियाकलापको चपेटामा पर्दै गएको निष्कर्ष निकालेको हो ।

    नेपाल मानव अधिकार वर्ष पुस्तक-०२३ प्रकाशन पूर्व वार्षिक समीक्षाका क्रममा महोत्तरीमा अपराधजन्य क्रियाकलापमा ह्वात्तै भएको बताउँदै  यसको लागि मानवअधिकारवादीले सही ढंगले खबरदारी गरिरहेको दाबी गरेको छ ।

    इन्सेकका प्रतिनिधि अजयकुमार साहले जिल्लामा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म अभिलेख गरेका घटनाहरूको प्रस्तुत गर्दै सो तथ्यांक सार्वजनिक गरेका थिए ।

    सार्वजनिक गरिएको थप तथ्यांकमा परिवारजन र व्यक्तिबाट १० जनाको हत्या , बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका ४०, मानव बेचबिखन तथा ओसार पसारका १,  बहुविवाह १३, बालविवाह एक, प्रहरीको गोली प्रहारबाट दुई जना घाइते गरि  ६४ वटा घटना समेटिएको महिला अधिकारकर्मी तथा वोरेक महोत्तरीका कार्यक्रम अधिकृत लिला दियालीले बताइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij