Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

महान्यायाधिवक्ता खम्मबहादुर खातीले दिए राजीनामा

महान्यायाधिवक्ता खम्मबहादुर खातीले दिए राजीनामा

  • 426
    SHARES
  • महान्यायाधिवक्ता खम्मबहादुर खातीले दिए राजीनामा

    काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट राजीनामा दिएका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सरकारका कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) खातीले पदबाट राजीनामा दिएका हुन् ।

    सरकार फेरिएसँगै सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) पनि फेरिने प्रचलन छ । महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका हुन् ।

    निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले खातीलाई २०७८ साउन १ गते आफ्नो सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) नियुक्त गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij