Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

मोटरसाइकलले ठक्कर दिँदा एक युवती घाइते

मोटरसाइकलले ठक्कर दिँदा एक युवती घाइते

  • 262
    SHARES
  • मोटरसाइकलले ठक्कर दिँदा एक युवती घाइते

    काठमाडौं । काठमाडौंको मिनभवनमा मोटरसाइकलको ठक्करबाट एक युवती गम्भीर घाइते भएकी छन् ।

    मंगलबार बिहान ठेगाना नखुलेकी अन्दाजी २५ वर्षीया अस्मिता पराजुली घाइते भएको प्रहरीले जनाएको छ । हाल उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

    नयाँबानेश्वरबाट तीनकुनेतर्फ जाँदै गरेको बाग्मती प्रदेश-०२-०२८ प ७६ १९ नम्बरको मोटरसाइकलले बिहान ११ बजे सडक पार गर्दै गरेकी युवतीलाई ठक्कर दिएको हो ।

    मोटरसाइकलसहित चालकलाई प्रहरी वृत्त बानेश्वरले नियन्त्रणमा लिएको जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij