लन्डन । बेलायतले म्यान्मारका सैनिक अधिकारीहरु माथि प्रतिबन्ध लगाएको छ । त्यहाँको निर्वाचित सरकारलाई सत्ताबाट हटाएर आफ्नो नियन्त्रणमा लिएको विरोधमा प्रतिबन्ध लगाएको जनाएको छ ।
बेलायती विदेशमन्त्री डोमिनिक राबले सेनाका ६ जना शीर्ष अधिकारीलाई मानवअधिकारको गम्भीर उल्लंघन गरेकाले प्रतिबन्धको सामना गर्नु आवश्यक रहेको बताएका छन् । यसभन्दा अगाडि बेलायतले १९ जनालाई प्रतिबन्धको सूचीमा समावेश गरेको थियो ।
नयाँ प्रतिबन्धको निशानामा म्यान्मारको राज्य प्रशासनिक परिषद पनि परेको छ, जुन सत्ता कब्जापछि सरकारी कामकारबाही सञ्चालन गर्न यसको गठन गरिएको थियो ।
प्रतिबन्धपछि कमान्डर इन चिफ मिन आङ ह्लाइंगसहित अन्य सैन्य जनरलले बेलायतको यात्रा गर्न, त्यहाँ व्यवसाय गर्न तथा आर्थिक कारोबार गर्न पाउने छैनन । बेलायत सरकारले म्यान्मारमा दिँदै आएको सहायता रकम पनि कटौती गर्ने भएको छ । म्यान्मार पहिला बेलायतको औपनिवेशिक राष्ट्र हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij