Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बागमती प्रदेशः अष्टलक्ष्मी शाक्यसहित १४ सांसदले बुझाए स्पष्टीकरण, चित्तबुझ्दो नभए कारबाही थालिने

बागमती प्रदेशः अष्टलक्ष्मी शाक्यसहित १४ सांसदले बुझाए स्पष्टीकरण, चित्तबुझ्दो नभए कारबाही थालिने

  • 636
    SHARES
  • बागमती प्रदेशः अष्टलक्ष्मी शाक्यसहित १४ सांसदले बुझाए स्पष्टीकरण, चित्तबुझ्दो नभए कारबाही थालिने

    काठमाडौं । नेकपा एमाले संसदीय बोर्डले स्पष्टीकरण सोधेका अष्टलक्ष्मी शाक्यसहित बागमती प्रदेशसभाका १४ जना सदस्यले  स्पष्टीकरण बुझाएका छन् । स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्टरुपमा स्पष्टीकरण बुझाएको एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले बताए । 

    बोर्डले एमाले नेत्री अष्टलक्ष्मी शाक्यसहित माधव नेपाल पक्षका १४ जना प्रदेश सभा सदस्यहरूसँग स्पष्टीकरण मागेको थियो । स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानानुसार कारबाही गरिने मुख्य सचेतक निरौलाले बताए । 

    ‘उहाँहरूलाई कारबाही गर्ने सम्पूर्ण अधिकार बोर्ड अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेललाई दिएको छ,’ निरौलाले भने । बोर्डको शनिबारको बैठकले शाक्यसहित राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, मुनु सिग्देल, वसुन्धरा हुमागाईँ, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीसँग स्पष्टीकरण मागेको थियो । 

    उनीहरूमाथि एमाले राष्ट्रियसभा उम्मेदवार निवर्तमान गृहमन्त्री रामबहादुर थापालाई हराएको आरोप लगाइएको छ । राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका जनप्रतिनिधिले मत नदिँदा थापा पराजित भएका थिए। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमाले नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट उम्मेदवार बनेका खिमलाल देवकोटा निर्वाचित भएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij