Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बालुवाटार छाडेर धुम्बाराहीमा सरे देउवा

बालुवाटार छाडेर धुम्बाराहीमा सरे देउवा

  • 372
    SHARES
  • बालुवाटार छाडेर धुम्बाराहीमा सरे देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भाडाको घरमा सरेका छन् । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि उनी बालुवाटा छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन् ।

    बुढानीलकण्ठस्थित देउवाको निवासमा हाल निर्माण कार्य भइरहेकाले उनी भाडाको घरमा सरेको उनको सचिवालयले जनाएको छ ।

    ‘बुढानीलकण्ठको घर निर्माण सकिन ३र४ महिना नै लाग्छ । निजी निवासमा सर्न अहिले सम्भव छैन । अहिलेका लागि भाडाको घर खोजिएको हो’, देउवाको एक सहयोगीले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij