Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

चिसो बढेपछि जनजीवन कष्टकर

चिसो बढेपछि जनजीवन कष्टकर

  • 299
    SHARES
  • चिसो बढेपछि जनजीवन कष्टकर

    काठमाडौं । केही दिन यता अत्याधिक चिसो बढेपछि बाँकेलगायत पश्चिम तराईका मानिसहरूको जनजीवन कष्टकर बनेको छ ।

    बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित छ ।

    बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ ।

    सडकमा सवारीसाधन न्यून चलेका छन् । नेपालगञ्जमा बिहानैदेखि हुस्सु र कुहिरोले अत्यधिक चिसो भएको स्थानीय रामसुहावन यादवले बताए । उनले भने, ‘चिसोले घरबाहिर निस्किन सकिएको छैन ।’

    चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् । उनीहरू काममा जान पाएका छैनन् ।

    चिसोले काम गर्न जान नपाएको बाँकेको डुडुवा गाउँपलिका–४ का रामदिन गोडियाले बताए । आगो बालेर यहाँका नागरिकले न्यानो लिइरहेका छन् ।

    चिसोले बिहान आवतजावत गर्ने विशेष गरि विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित छन् ।

    चिसोकै कारण दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायतका बिरामी बढेका छन् ।

  • सम्बन्धित विषय:

  • # चिसो

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij