Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

युद्धविराम पूर्ण पालना गर्न इजरायल र प्यालेस्टाइनलाई संयुक्त राष्ट्र संघको आग्रह

युद्धविराम पूर्ण पालना गर्न इजरायल र प्यालेस्टाइनलाई संयुक्त राष्ट्र संघको आग्रह

  • जेठ १०, २०७८ सोमवार १२:४९ बजे
  • 707
    SHARES
  • युद्धविराम पूर्ण पालना गर्न इजरायल र प्यालेस्टाइनलाई संयुक्त राष्ट्र संघको आग्रह

    जेनेभा । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले युद्धविरामको पूर्णरुपमा पालना गर्न इजरायली तथा प्यालेस्टिनी अधिकारीहरुलाई आग्रह गरेको छ ।

    मे १० देखि ११ दिनसम्म चलेको युद्ध अन्त्य गरी शान्ति वार्ता गर्न इजरायली र प्यालेस्टिनी पक्षहरू सहमत भएकाले युद्धविराम पूर्ण पालना गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्ले ध्यानाकर्षण गराएको हो ।

    सुरक्षा परिषद्ले वार्ताबाटै समस्या समाधानका लागि पहल गर्ने र युद्धग्रस्त क्षेत्रमा तत्काल मानवीय सहायता उपलब्ध गराउन पनि सम्बद्ध राष्ट्रहरुको ध्यानाकर्षण गराएको छ । ११ दिनसम्म चलेको युद्धका क्रममा ६६ जना बालबालिकासहित दुई सय ४८ जनाको मृत्यु भएको थियो ।

    घटनामा करिब २ हजारभन्दा बढी व्यक्ति घाइते भएका थिए । इजरायली र प्यालेस्टिनीहरुबीच चर्चको स्वामित्व विवादका कारण युद्ध भएको बताइएको छ । यसैबीच युद्धविराम भएपनि गाजा क्षेत्रमा दुई पक्षीय झडपहरु भएकोप्रति ध्यानाकर्षण भएको राष्ट्र संघले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij