वेबटिभी खबर
बारा । बलात्कार आरोप लागेका निजगढ नगरपालिका-२ का वडाअध्यक्ष राजु श्रेष्ठ (राजन)लाई थुनामा राखेर अनुसन्धान गर्न अनुमतिका लागि जिल्ला अदालत बारा लगिएको छ ।
प्रहरीले उनलाई म्याद थपका लागि अदालत लगेको हो । जिल्ला अदालतका न्यायाधीशको इजलासले सोमबार पहिलोपटक म्याद तोक्ने छ ।
सरकारी पक्षले पहिलो पटकका लागि २५ दिनको म्याद माग गर्ने तयारी गरेको छ । नाबालिका बलात्कार आरोपमा जाहेरी परेपछि उनी न्यायीक हिरासतमा छन् ।
यसअघि जाहेरी दर्ता भएसँगै फरार रहेका वडाअध्यक्ष श्रेष्ठ आइनबार प्रहरी नियन्त्रणमा आएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij