Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

वडामै पुगेर योजना सम्झौता 

वडामै पुगेर योजना सम्झौता 

  • 291
    SHARES
  • वडामै पुगेर योजना सम्झौता 

    भोजपुर । स्थानीय स्तरमा नै पुगेर छनोट भएका योजनाको सम्झौता हुन थालेपछि स्थानीयले गाउँमै सिंहदरबार आएको महसुस गर्न थालेका छन् ।

    प्रदेश नं-१ को पहाडी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै योजना वडास्तरमा नै सम्झौता थालेको हो । गाउँपालिकाले टोलटोलमै पुगेर अहिले योजना सम्झौता गरिरहेको छ ।

    स्थानीयलाई पालिका केन्द्रसम्म धाउन सास्ती हुने भन्दै गाउँपालिकाका अध्यक्ष थामबहादुर राई सहितको कर्मचारीको टोलीले वडाका टोलटोलमा पुगेर योजना सम्झौता गरेको वडा नं-३ भुल्केका वडाध्यक्ष रामु थापा मगरले जानकारी दिए ।

    ‘गाउँपालिकाबाट सञ्चालन हुने योजनाहरू वडाबाटै सम्झौता गर्न शिविर नै चलाउने निर्णय गाउँसभामै भएको थियो, सोहीअनुसार अहिले योजना सम्झौताका लागि आवश्यक कर्मचारी सहितको टोली सक्रिय छ’, अध्यक्ष मगरले भने ।

    आफूले निर्वाचित गरेर पठाएका जनप्रतिनिधिसहितको टोली गाउँमा आएर योजना सम्झौतामा सक्रिय हुन थालेपछि गाउँमा पनि सिंहदरबार आएको महसुस स्थानीयवासीले गरेका छन् ।

    गाउँपालिका अध्यक्ष थामप्रसाद राईसहितको टोलीले अहिलेसम्म पालिका वडा नं-३ भुल्के, वडा नं-७ बासिखोरा, वडा नं-५ मानेभञ्ज्याङ, वडा नं-६ बैकुण्ठे र वडा नं-८ गरी ४० वटा योजना सम्झौता गरिसकेको छ । पालिकाको वडा नं-४, १ र २ नं वडामा योजना सम्झौता गर्न बाँकी छ ।

    वडा तहबाट योजना सम्झौता गर्नका लागि पालिका पुग्न एक दिन नै लाग्ने र खर्चसमेत हुने समस्या हटेकाले स्थानीय खुसी भएको अध्यक्ष राईले बताए । गाउँपालिकाले पहिलो गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा योजना सम्झौता टोलटोलमा पुगेर गर्ने निर्णय गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij