Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

तराई-मधेसमा शीतलहर अझै बढ्न सक्ने, अधिकतम र न्यूनतम तापक्रमबीचको ग्याप घट्यो 

तराई-मधेसमा शीतलहर अझै बढ्न सक्ने, अधिकतम र न्यूनतम तापक्रमबीचको ग्याप घट्यो 

  • 467
    SHARES
  • तराई-मधेसमा शीतलहर अझै बढ्न सक्ने, अधिकतम र न्यूनतम तापक्रमबीचको ग्याप घट्यो 

    काठमाडाैं । शीतलहरका कारण तराई–मधेसको जनजीवन प्रभावित बनेको छ । तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्युनतम तापक्रमको औसत भिन्नता (ग्याप) निकै कम भएपछि दिनभरजसो शीतलहर चल्न थालेको हो । 

    भैरहवा, सिमरा र जनकपुरमा रहेको तापक्रम मापन केन्द्रमा त अधिकतम र न्युनतम तापक्रम (औसत) को ग्याप ५ डिग्रीसम्म झरेको छ । 

    तराईका अन्य क्षेत्रमा पनि मापन गरिएको न्यूनतम तापक्रम औसत न्यूनतम तापक्रम भन्दा थोरै बढी देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    तराईमा तराई भूभागमा (मुख्यतया मध्य तराई) मा दिनभर हुस्सु, कुहिरो लागिरहेको छ । तराईमा विशेषतः नेपालगन्जदेखि पूर्वजनकपुरसम्म हल्का शितलहर छ । 

    तापक्रम घट्न गई मध्यम किसिमको शितलहर हुनसक्ने सम्भावना रहेको महाशाखाले विशेष बुलेटिन जारी गरेर जनाएको छ ।

    नेपालगन्जभन्दा पश्चिममा र जनकपुरभन्दा पूर्वमा न्यूनतम तापक्रम घटी चिसोको लहर बढेर हुस्सु लाग्ने सम्भावना देखिन्छ ।

  • सम्बन्धित विषय:

  • # शीतलहर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij