वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले वर्तमान सरकारलाई बाहिरबाट हेरिरहेको बताएका छन् ।
बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्ड नेतृत्वको सरकार विरोधाभासपूर्ण भएको बताउँदै अहिलेको गठबन्धन स्वाभाविक नभएको दाबी गरे ।
आफ्नो गुणलाई गौण राखेर पदको लागि प्रतिस्पर्धा भइरहेको उनले बताए । उनले गठबन्धनको स्वरूपमा आशंका रहेको उल्लेख गर्दै कांग्रेस सशक्त प्रतिपक्षी बन्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij