Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

लालबन्दीबाट पाँच महिनामा त्रियासी करोडको तरकारी निकासी

लालबन्दीबाट पाँच महिनामा त्रियासी करोडको तरकारी निकासी

  • 331
    SHARES
  • लालबन्दीबाट पाँच महिनामा त्रियासी करोडको तरकारी निकासी

    सर्लाही । लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालू आर्थिक वर्ष २०७९/८० मा ८३ करोड ५० लाख ८४ हजार ७५ को तरकारी निकासी गरेको छ ।

    लालबन्दी नगरपालिका-७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले २०७९ साउन १ देखि २०७९ मंसिर मसान्तसम्ममा १६ करोड ५७ लाख छ हजार सात सय ७३ किलो तरकारी निकासी गर्दा ८३ करोड ५० लाख ८४ हजार ७५ रकम संकलन भएको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ ।

    साथै आव २०७८/७९ को अन्तिम असारमा ५५ लाख ५० हजार दुई सय किलो तरकारी निकासी गर्दा २० करोड २३ लाख १७ हजार पाँच सय रकम आएको व्यवस्थापन समितिका व्यवस्थापक शम्भु घिमिरेले बताए ।

    उनका अनुसार आव २०७९/८० को पहिलो महिना साउनमा ५५ लाख ९१ हजार किलो तरकारीबाट २० करोड दुई लाख एक हजार सात सय ५०, भदौमा ४२ लाख ९२ हजार छ सय किलोको १८ करोड ८५ लाख ५२ हजार पाँच सय, असोजमा २५ लाख ६१ हजार आठ सय ७३ किलो तरकारीको २७ करोड ८० लाख ८३ हजार एक सय २५, कात्तिकमा १५ लाख ३३ हजार नौ सय किलोको नौ करोड ६३ लाख ७८ हजार दुई सय ५० र मंसिरमा २५ लाख ९७ हजार चार सय किलोको सात करोड १० लाख ६८ हजार चार सय ५० रकम प्राप्त भएको हो ।

    आव २०७९/८० को साउन १ गतेदेखि मंसिर मसान्तसम्म गरी पाँच महिनामा १६ करोड ५७ लाख छ हजार सात सय ७३ किलो तरकारी निकासी गर्दा ८३ करोड ५० लाख ८४ हजार ७५ रकम संकलन भएको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए ।

    जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेँडा, परबल, बोडी, सिमी, भन्टा, करेलालगायतका तरकारी लालबन्दीको बजारमा आउने गरेका कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ ।

    कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्ष मगरका अनुसार देशका सिन्धुली, रामेछाप, काठमाडौं, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुने गरेको छ ।

    लालबन्दीबाट टमाटर, भन्टा, बोडी, लौका, करेला, काँक्रो, फुलकोभी, बन्दा कोभी, घिरौंला, सिमी, झिङ्गनी, मूला, हरियो खुर्सानी, बेथुको साग, गाजर, भिन्डी, परबल, रूख कटहर, वल, फर्सी, धनियाँको पात, कागती, उदुवा, मटरकोसा, प्याज र भेँडेखुर्सानी गरी १६ करोड ५७ लाख छ हजार सात सय ७३ किलो तरकारी निकासी गर्दा ८३ करोड ५० लाख ८४ हजार ७५ रकम संकलन भएको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ ।

    त्यसमध्ये सबैभन्दा धेरै परवल करिब एक करोड किलो निकासी भएको छ भने सबैभन्दा कम सिमी, रूख कटहर, धनियाँको पात, कागती, फर्सी, मटरकोसा, हरियो प्याज, वल, भिन्डी र झिँगनी निकासी भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij