वेबटिभी खबर
काठमाडौं । सर्वदलीय बैठकमा प्रतिनिधिसभाका सभामुख र उपसभामुखको निर्वाचनको मिति प्रस्ताव गरिएको छ ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको आह्वानमा शुक्रबार बसेको सर्वदलीय बैठकमा आगामी माघ ७ गते सभामुख र ९ माघमा उपसभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको हो ।
उक्त मितिप्रति दलहरू सकारात्मक देखिएकाे बैठकमा सहभागी नेताहरूले जानकारी दिएका छन् । संघीय संसद्को अधिवेशन २५ पुसबाट सुरु हुँदै छ ।
प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij