Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

दमकमा जग्गाको कित्ताकाट खुल्यो

दमकमा जग्गाको कित्ताकाट खुल्यो

  • 371
    SHARES
  • दमकमा जग्गाको कित्ताकाट खुल्यो

    झापा । झापाको दमक नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको वर्गीकरणसहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको नगरपालिकाले जनाएको छ ।

    दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईका अनुसार मंसिर २० गतेको कार्यपालिका बैठकले दमक नगरपालिकाको भू-उपयोग कार्यविधि २०७९ पारित गरेको छ ।

    अब वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस प्रदान गर्न थालेको छ । जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालय दमकलाई पत्राचार गरी कार्यान्वयनमा समेत आइसकेको प्रशासकीय अधिकृत राई जानकारी दिए ।

    दमकमा गत जेठदेखि जग्गाको कित्ताकाट रोकिएसँगै सर्वसाधारणले जग्गा किनबेच गर्न पाएका थिएनन भने राजस्वसमेत प्रभावित हुन पुगेको थियो ।

    कार्यविधिअनुसार दुई दिनदेखि कित्ताकाटको काम सुरु गरिएको मालपोत कार्यालयका कर्मचारी मेदनी पोख्रेलले बताए । दमक नगरपालिकाले पारित गरेको कार्यविधिमा जग्गालाई शहरी, कृषि, औद्योगिकसहितका विभिन्न क्षेत्र वर्गीकरण गरिएको उल्लेख छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij