वेबटिभी खबर
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुने विषयलाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन् ।
शनिबारदेखि काठमाडौंमा सुरु भएको सो पार्टीका सांसदहरूको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले संसदीय दलको बैठकलगायत कामलाई प्राथमिकता दिएर अघि बढ्न सचेत गराए ।
‘हामीले कुनै पनि कार्यक्रममा समयमा आउने र समयभरि बस्ने र खासगरी हामी सांसदहरूलाई संसदीय अभ्यासमा, संसद्को बैठकमा भाग लिन नभ्याउने, संसद्को काममा भाग लिन नभ्याउने, प्रशिक्षणको कार्यक्रममा भाग लिन नभ्याउने, अरू बाहिरबाहिर भ्याउने भन्ने कुरा हुँदैन । कहिलेकहिले नभ्याउने परिस्थिति पनि पर्न सक्छ,’ उनले भने, ‘तर, आम रूपमा भन्ने हो भने हामी जनप्रतिनिधि हौँ । हामी सांसद हौँ । र, हामीले सांसदको हैसियतले गर्नुपर्ने कामलाई प्राथमिकता दिनुपर्दछ । संसदीय दलको बैठक जति बजे बोलायो, त्यति बजे उपस्थित हुनुपर्दछ । संसदीय अन्य गतिविधिहरूमा जति बजे बोलाइएको छ, त्यति बजे उपस्थित हुनुपर्छ । समयसीमाको पालना गर्नुपर्दछ । त्यसमा सबै साथीहरूले ध्यान दिनुपर्दछ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij