Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पत्रकारलाई पक्राउ गर्न विमानमा बम भएको अफवाह फैलाएर आकस्मिक अवतरण

पत्रकारलाई पक्राउ गर्न विमानमा बम भएको अफवाह फैलाएर आकस्मिक अवतरण

  • 876
    SHARES
  • पत्रकारलाई पक्राउ गर्न विमानमा बम भएको अफवाह फैलाएर आकस्मिक अवतरण

    मिन्स्क । बेलारुसमा राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोको आदेशमा २६ वर्षीय पत्रकार रोमन दिमित्राइविच प्रोटासेभिचलाई गिरफ्तार गर्न उडिरहेको विमान मोडेर अवतरण गरिएको छ ।

    प्रोटासेभिच ग्रीसबाट लिथुआनिया जाँदै गर्दा उनी सवार विमानलाई बेलारुसले बम भएको भन्दै उसको राजधानी मिन्स्कमा ओरालेको थियो ।

    विमानमा बम भएको अफवाह फैलिएपछि फाइटर जेट मिग २९ को सहयोगमा जमिनमा ओरालेर ६० जना सैनिक जवानले लुकासेन्को सरकारको कट्टर आलोचक पत्रकार प्रोटासेभिचलाई पक्राउ गरेका थिए । 

    आइतबार र्‍यानएअरको विमान ग्रीसको एथेन्सबाट भिल्नियसतर्फ जाँदै गर्दा लिथुआनियाली सिमानानजिकै पुगेपछि मिन्स्कतर्फ मोडाइएको थियो । उक्त विमानमा १७१ जना यात्रु रहेका थिए । 

    roman.jpg

    पत्रकारको पक्राउपछि युरोपेली संघ, जर्मनी, फ्रान्स, बेलायत तथा अमेरिकाले बेलारुसको आलोचना गरेका छन् । जर्मनीका विदेश मन्त्री हाइको मासले सरकारले गम्भीर अपराध गरेको आरोप लगाएका छन् । यी पश्चिमी देशहरुले रोमनको तुरुन्त रिहा गर्ने मागसमेत गरेका छन् । 

    पत्रकार रोमनले विश्वविद्यालय पढ्दै गर्दा राष्ट्रपति को विरोध गर्न एक सोसल नेटवर्किंग समूह बनाएका थिए । यसलाई सरकारको आदेशमा सन् २०१२ मा ह्याक गरिएको थियो । सरकारको आलोचना गरेपछि स्टेट युनिभर्सिटीले उनलाई देश द्रोह र दंगा भड्काएको आरोपमा निष्किासित गरेको थियो ।

    पछि अदालतले यी सबै आरोपमा सफाइ दिएपछि पोल्यान्ड गएर राजनीतिक शरण मागेका थिए । उनले त्यहाँ पनि नेक्स्टा नामको युट्युब च्यानल चलाएर बेलारुस सरकारको विरोध गरिरहेका थिए । सरकारले रोमनविरुद्ध मुद्दा चलाएर आतंककारीको आरोपमा मृत्युदण्डको सजाय सुनाएको थियो । 

    युरोपेली मुलुक बेलारुसमा नयाँ प्रजातान्त्रिक नेतृत्व तथा आर्थिक सुधारको माग गर्दै आन्दोलन भइरहेको छ । करिब ९५ लाख जनसंख्या भएको बेलारुस यूक्रेनजस्तै पश्चिमेली तथा रुसको द्वन्द्वमा चेपिएको मुलुक हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij