वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले पार्टी छोडेर हिँडेका सांसदहरूले संसद पुनर्स्थापनाको माग राखेको भन्दै उनीहरुमाथि प्रश्न उठाएका छन् ।
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेको खण्डमा पनि उनीहरु कुन पार्टीको सांसद रहने ? भन्ने नै यकिन नभएकाले उनीहरुले संसद पुनर्स्थापनाको माग गर्नु सान्दर्भिक नभएको पूर्वसञ्चार तथा सुचना प्रविधिमन्त्रीसमेत रहेका बाँस्कोटाको आपत्ति छ ।
‘एमाले भएन अर्को पार्टी खोल्छु भन्नेहरूले किन पुनर्स्थापनाको माग गरेको होला ?,’ बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अदालतले निर्दल घोषणा गर्छ र ? तिनिहरू कुन दलका सांसदका रूपमा रहलान ? हाम्रो गणतन्त्रले राष्ट्र एकिकरण गर्ने पृथ्वीनारायण शाहलाई घृणा गर्दा मात्र देश र गणतन्त्रवादी हुने शिक्षा दिएको छ । पार्टी भक्ति त तुहियो !’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij