वेबटिभी खबर
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समितिको पूर्ण बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सुविधानगर, तीनकुनेमा पूर्ण बैठक सुरु भएको हो ।
बैठकमा लामो समयदेखि छलफलमा रहेको पार्टी एकतालगायत विषयमा मुख्य रूपमा छलफल भइरहेकाे छ ।
समाजवादी धारको नेतृत्व गर्ने गरी विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा पूर्ण बैठकमा छलफल भइरहेकाे पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । पार्टी एकताका लागि वार्ता समिति बनाउने तयारी नेसपाकाे छ ।
समाजवादी ध्रुवीकरणको विषय, पार्टीको संगठन सुदृढीकरण, पार्टीका विभिन्न तहका सम्मेलनको विषय, चुनावको समिक्षा, समसामयिक राजनीतिक विषय, आगामी रणनीति लगायत एजेन्डाहरूमाथि पनि बैठकमा छलफल हुने पाण्डेले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij